Incident Reports

वृद्धालाई पनि छाडेनन, पक्रिएर बलात्कार

2020-01-17

Province 1, Udayapur, Katari, Ward 3

जिल्लाको कटारी नगरपालिकामा वृद्धालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटारीले दुई जनालाई पक्राउ गरी अनुसन्धानपछि आज म्याद थप गरेर मुद्दा चलाएको छ ।

बलात्कार गरेको कसुरमा पक्राउ गरेर मुद्दा दर्ता गरिएकामा कटारी नगरपालिका–३ का ४० वर्षीय वंश सदा र अर्का २३ वर्षीय मनोज सदा रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । शुक्रबार दुवै जनाले जङ्गल नजिकै महिलालाई घर फर्कंदै गरेको अवस्थामा भेटेपछि पक्रेर बलात्कार गरेको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । घटना लगत्तै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएपछि शनिबार दुवैलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र आज म्याद थप गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए । महिलाको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको पनि प्रहरीले बताएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments