Incident Reports

छुट्टाछुट्टै हत्यामा संलग्न दुई पक्राउ

2020-03-06

Bagmati, Dhading, Nilakantha, Ward 14

धादिङमा प्रहरीले छुट्टाछुट्टै हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

गत शुक्रबार छुट्टाछुट्टै हत्यामा संलग्न दुई जनालाई सोही दिन धादिङ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

मंगलबार प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा सिद्धलेक गाउँपालिका-४ सुबिटारका ६३ वर्षीय गोपाले दमाईलाई १९ वर्षीय राजेश बाँस्कोटाले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको उल्लेख छ। प्रहरीले उनलाई सोही रात रोराङ गाउँपालिका-३ शितलबजारबाट पक्राउ गरेको थियो।

साथै सोही दिन निलकण्ठ नगरपालिका-१४ लाकुरीडाँडा बस्ने ४२ वर्षिया कान्छीमाया परियारको पनि हत्या भएको थियो।

कान्छीमायाको हत्या उनका श्रीमान ६० वर्षका आफ्नै श्रीमान लुरे बहादुर नेपालीले फलामको ढुंग्रोले टाउको र शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए। उनलाई पनि सोही रात पक्राउ गरिएको प्रहरीले बताएको छ।

यद्यपी उनीहरूलाई आज मात्रै सार्वजनिक गरिएको हो।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढ्ने प्रहरीले बताएको छ।

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments