Incident Reports

जेष्ठ नागरिकको हत्या प्रयासका आरोपित गिरफ्तार

2020-03-12

Madhes, Saptari, Rajbiraj, Ward 8

राजविराज नपा–८ का ६७ वर्षीय सत्यनारायण साहलाई घाँटी काटेर हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई चैत १ गते गिरफ्तार गरेको छ ।

घरमा सुतिरहेका बेला फागुन २९ गते राति ११ः३० बजे घरभित्र प्रवेश गरेका आरोपितले भुईमा लडाई धारिलो हतियारले घाँटी काटेको पीडितले बताउनु भयो । रातको समयमा आरोपितले दराज खोलेर समानहरु खोतली रहेका बेला बिउँझेर रोक्न खोज्दा आरोपितले आक्रमण गरेको उहाँले बताउनु भयो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ फागुन ३० गतेदेखि उपचार सुरु भएको छ । उहाँको घाँटीमा ६० ओेटा टाँका लगाउनु परेको अस्पतालका अहेव महानारायण प्रसेलाले जानकारी दिनु भयो ।

प्रहरीले घाइतेको घाउँजाँच परिक्षणका लागि चैत १ गते अस्पतालमा पत्र पठाएको र पीडितले आरोपितको पहिचान गरेको मुद्दा शाखाका सई नवराज कार्कीले बताउनु भयो ।

घाइते पीडितको दुई छोरीको विवाह भइसकेको छ भने एक मात्र छोरा भारतको मुम्बईमा बस्नु हुन्छ । पत्नीको मृत्यु भइसकेकोले घरमा पीडित एक्लै बस्दै आउनु भएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments