Incident Reports

चक्कु हानी हत्या गर्ने पक्राउ

2020-01-22

Lumbini, Nawalparasi West, Sunwal, Ward 3

पश्चिम नवलपरासीमा चक्कु प्रहार गरी हत्या गर्ने सुनवल नगरपालिका-३, कृतिपुरका २० वर्षीय महादेव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल-३, कृतिपुरका २० वर्षीय महादेव पुनले उनका साथी २३ वर्षीय संयोजक गुरुङ र कास्कीको पोखरा महानगरपालिका १ का २४ वर्षीय जगदीश गुरुङलाई चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते पोखराका जगदीशको बुधबार उपचारको क्रममा मृत्यु भएको छ। अर्का घाइते संयोजक गुरुड उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार केही दिनअघि चिनजान भएका यी ३ जनाबीच फोनमा एकले अर्कालाई अपशब्द प्रयोग गरी गाली गरेपछि झगडा भएको थियो।

फोनमा विवाद भएपछि संयोजक र जगदीश राति नै महादेवको घर आएर झगडा गरेपछि ददै पक्षबीच हात हालाहाल हुँदा महादेवले घरमा रहेको चक्कु निकालेर दुबैलाई प्रहार गरी घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका महादेवलाई प्रहरीले उनकै घरनजिकैबाट लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi , Local Newspaper - Siraha

0 Comments

Related Reports