Incident Reports

मुख्य अभियूक्तलाई सफाई l

2014-01-16

Madhes, Rautahat, Katahariya

हिन्दु युवा संघका तत्कालिन केन्द्रीय अध्यक्ष काशी तिवारीको हत्याको मुद्दामा जिल्ला अदालत पर्साका मुख्य अभियुक्तलाई सफाई र सहायक अभियुक्तलाई कैदको फैसाला सुनाएको छ । हत्याको घट्नाको 'शुटर'को रुपमा प्रहरीले खोजी गर्दै आएका फरार मुख्य अभियुक्त रौतहट हथियाही गावस-५ जमुनिया बस्ने २८ वर्षीय फिरोज भन्ने सियाराम कुशवाहालाई मङ्सिर ३० गते प्रहरीले चितवनको भण्डाराबाट गिरफ्तार गरेको थियो । अदालतको ६ नम्बर इजलासका न्यायधीश श्यामसुन्दर अधिकारीले पुस २८ गते मुद्दाको फैसला गर्दै सियारामलाइ सफाई दिएका हुन् । पुस २६ गते अभियुक्त सियाराम कुशवाहाको बकपत्र गराइएको थियो भने २८ गते फैसला आएको हो । मुद्दामा तिवारीकी श्रीमती ववितादेवी तिवारीको जाहेरी र आदालतले पुर्पक्षका लागि थुनामा राखेको सहअभियुक्त अमन कुशवाहाको बयान अनुसार अभियुक्त सियारामलाई सोही इजलासबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश पुस ६ गते भएको थियो । 'फिरोज भन्ने सियाराम र बलिराम साहले सफाई पाएका छन्,' अदालतका श्रेस्तादार बिनोद खतिवाडाले भने 'अमन कुशवाहालाई २ वर्ष ६ महिना कैद र फरार रहेका अर्का अभियुक्त मुकेश सर्राफको हकमा मुद्दा मुल्तवीमा राख्ने फैसला भएको हो ।' मुल्तवीमा राखिएको मुद्दामा अभियुक्त फेला परेपछि उसको हकमा फेरी मुद्दाको सुनवाई हुने प्रवधान रहेको उनले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट सियाराम कुशवाहा तिवारीको हत्यामा संलग्न रहेको अमन कुशवाहाको बयानले पुष्टी गरेको भन्दै मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (१) अनुसार सर्वस्व कैदको मागदावी सहित अभियोग पत्र दर्ता गरेको थियो । हत्यामा सल्लाहमा लागेको हुनाले अमन कुशवाहालाई १० वर्षकैदको मागदावी सरकारी वकिलको कार्यालयले गरेको थियो । न्यायधीश श्याम सुन्दर अधिकारीको एकल इजलाशमा प्रतिवादीले इन्कारी बयान दिएको र जाहेरवालाले अज्ञात ब्यक्तिले गोली चलाएको बयान दिएकोले मुख्य अभिुक्तले सफाई पाएको तहसिलदार डोलनाथ न्यापानेले बताए । वीरगन्ज उमनपा -१३ निवासी हिन्दु युवा संघका तत्कालिन केन्द्रीय अध्यक्ष ४५ वर्षीय काशी तिवारीको ०६७ असार १२ गते साँझ साढे ५ बजे अशोक बाटिकास्थित शिवपार्वती मन्दिर अगाडि गोली प्रहार गरी हत्या भएको थियो । सोही मुद्दामा ०६८ भदौ २२ गते गिरफ्तार परेका रौतहट प्रेमपुर गोनाही गाविस-८ घर भई बाराको हरैया गाविस-८ बस्ने अमनले आफूले चलाएको मोटरसाईकल पछाडि बसेर आएका सियारामले तिवारी उपर गोली चलाएको बयानमा खोलाएका थिए । आदलतको फैसलापछि सञ्चारकर्मीसँग कुरा गर्दै मृतक तिवारीकी पत्नी वविता तिवारीले जाहेरीभन्दा फरक आसयको बकपत्र आफूले नगरेको र फैसला मान्य नहुने बताइन् । उनले सो मुद्दाको पुनरावेदन गर्ने बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis