Incident Reports

बालिका अपहरण तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-10

Madhes, Saptari, Dakneshwori, Ward 2

१२ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–२ का २२ वर्षीय बौवानन्द यादवलाई चैत ५ गते गिरफ्तार गरेको छ ।

पीडितका काकाले बौवानन्दसहित निजका बुवा ६५ वर्षीय रामअशिष यादव, साथीहरु २३ वर्षीय टुनटुन भनिने सन्तोषकुमार ठाकुर हजाम र २६ वर्षीय सन्तोषकुमार यादवविरुद्ध ईलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत १ गते उजुरी दिनुभएको थियो । आरोपितहरूले माघ २ गते बालिकालाई अपहरण गरी भारतको दिल्ली लगी शरिर बन्धक बनाई बलात्कार गरेको र पुनः नेपाल ल्याई बन्धक बनाई पटक–पटक बलात्कार गरेको पीडितको काकाको आरोप छ ।

पीडित मामाघरमा बस्दा २०७६ माघ २ गते नियन्त्रणमा लिई मोटरसाइकलमा जबरजस्ती अपहरण गरी भारतको दिल्ली लगेर बन्धक बनाई बलात्कार गरेकोमा फागुन २७ गते नेपाल ल्याई घर फर्काएपछि चैत १ गते प्रहरीमा उजुरी गरेको पीडितले बताउनु भयो ।

गिरफ्तार आरोपितले तीन वर्षदेखि चिनजान भई प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमा छिन्नमस्ता शक्तिपिठमा माघ २ गते विवाह गरेर भारत गएको बताउनु भयो । अन्य तीन जना आरोपितहरू हालसम्म गिरफ्तार हुन नसकेको र खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर धर्मराज मुडभरीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १ गते भएको थियो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments