Incident Reports

महिलामाथि कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

2020-03-18

Madhes, Dhanusha, Janakpur, Ward 22

जनकपुरधाम उमनपा–२२ विसविट्टी बस्ने २४ वर्षीया पुनम देवी मुखिया, २२ वर्षीया गर्भवती सुलेखा देवी मुखिया र ४६ वर्षीया आशा देवी मुखियालाई कुटपिट गरेको आरोपमा सोही वडाका ४५ वर्षीय फूलगेन मुखिया, २१ वर्षीय चन्दन मुखिया र १९ वर्षीय चन्चल मुखियाविरुद्ध चैत ६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ ।

चन्दन मुखिया र सरोज मुखिया बिच आपसी गालीगलौज भइरहेको बेलामा झगडा छुटाउन पुगेका सरोजका दिदी पुनम देवी मुखिया, गर्भवती सुलेखा देवी मुखिया र आमा आशा देवी मुखियालाई चैत ५ गते दिउँसो कुटपिट गरेको पीडित आशा देवीले बताउनु भयो ।

कुटपिटबाट घाइते पीडितहरूको चैत ५ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ । गर्भवती सुलेखाको तल्लो पेटमा चोट लागेको कारण उहाँको अझै उपचार भइरहेको पीडित आशा देवीले बताउनु भयो ।

पीडितको उजुरी आएकाले आरोपितहरूलाई गिरफ्तार गरि आवश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अवधकिशोर यादवले जानकारी दिनु भयो ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 3
Youth Injured 2
INSEC

0 Comments