Incident Reports

होली खेल्दा छुरा हानाहान, तीन घाइते

2020-03-09

नारायणी नदी किनार नारायणगढमा मादक पदार्थ सेवन गरी होली मनाउने क्रममा युवाहरूबीच झडप हुँदा छुरा हानाहान भएको छ। घटनामा तीन जना युवा घाइते भएका छन् । भरतपुर ११ लामा टोल बस्ने १८ वर्षीय राज तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए।

त्यस्तै, लामा टोलकै १७ वर्षका सनम थापा र रत्ननगर टाँडीका १९ वर्षका सचिन राना मगर मध्यम घाइते भएको गुरुङले बताएका छन् । राज र सनमको चितवन मेडिकल कलेज र सचिनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए।

झडपमा संलग्न भरतपुर-२ बस्ने १८ वर्षका दिपेश घले र शीर्षक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य फरारहरूको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक गुरुङले बताए । नियन्त्रणमा लिएकाहरूको मंगलबार मुद्दा चलाइने उनको भनाइ छ । होलीको दिन जिल्लामा अन्य अप्रिय घटना भने नभएको उनको भनाइ थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
Local Newspaper - Chitwan

0 Comments

Related Reports