Incident Reports

अज्ञात पक्षद्वारा नेकपा अध्यक्षको स्काभेटरमा आगजनी

2020-03-20

Sudurpashchim, Baitadi, Dilasaini, Ward 3

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष सुरेन्द्र पालको से १ क १४१० नम्बरको स्काभेटरमा चैत ७ गते राती अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट स्काभेटरको इन्जेनमा पूण क्षती भएको प्रहरीले जनाएको छ ।

डिलाशैनी गाउँपालिका – ३ दहखोला किनारमा राखिएको अवस्थामा १ क १४१० नम्बरको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताउनु भयो ।

के कारण र कस्ले घटना गरेको हो भन्ने हालसम्म खुल्न नसकेको भए पनि घटनामा सङ्लग्न पक्षको खोजतलास भइरहेको डिएसपी पाण्डेको भनाइ छ ।

यस अघि ०७६ माघ ७ गते पनि अज्ञात पक्षले डिलाशैनी गाउँपालिका – ३ पंसेरामा रहेको गाउँपालिकाकोे सम्पर्क कार्यालय र नेकपा अध्यक्षकै जेसिबि र स्कार्पिंयो गाडीमा आगजनी गरेको थियो ।


 

नरी बडु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments