Incident Reports

१३ वर्षीय देवरको हत्या आरोपमा भाउजु पक्राउ

2020-03-22

Madhes, Mahottari, Samsi, Ward 2

महोत्तरीमा एक किशोरको संकास्पद मृत्यु भएको छ। महोत्तरीको सम्सी गाउँपालिका २ पर्सादेवाडका जैलुन अन्सारीका १३ वर्षीय छोरा मजेवुलको आइतबार विहान संकास्पद मृत्यु भएको हो।

स्थानीयले भने घरायसी विवादमा उनकीआफ्नै भाउजु ३० वर्षीया सविना खातुनले मजेवुलको घाँटी थिचेर हत्या गरेको दावी गरेका छन्। घटना शंकास्पद देखिएकाले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर महोत्तरीमा राखिएको छ। मजेवुलको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले खातुनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

घटना हत्या हो अथवा आत्महत्या पोस्टमार्टम रिपोर्ट पश्चात मात्र भन्न सकिने उनले बताए।शव लुकाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शव बरामद गरी पोस्टमार्टमको लागि अस्पताल लगेको हो। खातुनका श्रीमान् छिमेक देश भारतमा रोजगारीमा छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports