Incident Reports

वृद्ध महन्थमाथि निर्घात कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

2020-03-21

Madhes, Dhanusha, Janakpur, Ward 8

जनकपुरधाम उमनपा–८ स्थित मधुकर कुञ्जका ९५ वर्षीया वृद्ध महन्थ मोती माईमाथि निर्घात रूपमा कुटपिट गर्दै दाँत भाँचेको आरोपमा मन्दिरकै पुजारी हरि शरण र रामसिया शरणविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा चैत ८ गते उजुरी दर्ता भएको छ ।

पुजारी हरि र रामसियाले मन्दिरमाथि एकलौटी कब्जा गर्न थालेपछि आफुहरूले असहयोग गर्दा आफु र विमल शरणलाई निर्घात रुपमा कुटपीट गरेको मन्दिरका महन्थ मोती माईले आरोप लगाउनु भएको छ ।

९५ वर्षिया मोती माई विगत ८० वर्षदेखि सोही मन्दिरमा बस्दै आउनु भएको छ । मोती माई मन्दिरका महन्थ रामप्रतापि शरणको मृत्युपश्चात विगत ६ वर्षदेखि महन्थ रहनु भएको छ ।

मन्दिर ६ कठ्ठा जग्गामा फैलिएको छ । मन्दिरको जग्गा वसविट्टीमा १ विघा ४ कठ्ठा रहेको छ । मन्दिरका पुजारी हरि र रामसियाले कब्जा गर्न आफुहरूलाई मन्दिरबाट विस्थापित गर्न पटक–पटक कुटपिट गर्दै आएपछि मोती माई र विमलले प्रहरीसमक्ष उजुरी दर्ता गराएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अशोक कुमार झाले घटनाबारे प्रहरीले अध्ययन गरि रहेको बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports