Incident Reports

बेपत्ता किशोरी मृत फेला

2019-10-14

Gandaki, Lamjung, Besishahar, Ward 10

तीन महिनादेखि बेपत्ता माङ्दी गाउँपालिका-६, ठूलीबेसी गाउँकी १६ वर्षीया सुशीला अधिकारी मृत फेला परेकी छन् । उनको शव बेसीशहर नगरपालिका-१० स्थित भाचोक गाउँ नजिकको जंगलमा गाडीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुशीला बेसीशहर-७ को जनविकास मावि कक्षा- ९ मा अध्ययन गर्दथिन्।

भाँचोकको इन्द्रेणी सामुदायिक वन उपभोक्ता समितिले वन गोडमेल गर्नेक्रममा गाडेको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी सहयोगमा सुशीलाकी आमाले छोरीको शव पहिचान गरेकी हुन्। शव सडेगलेको हुँदा पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वसन्तबहादुर रानामगरले बताए। 

घटनापछि प्रहरीले कर्तव्य ज्यानकै आधारमा अनुसन्धान अघि बढाएको र अहिले नै प्रेसलाई भन्न मिल्ने गरी उपलब्धि हासिल हुन नसकेको जनायो। 

सुशीला वडादशैंको बेलामा पोखरामा आमासँग बस्दै गरेको अवस्थामा आमालाई समेत थाहा नदिई असोज २४ देखि वेपत्ता थिइन्। 'उनी बेसीशहर आएकी रहिछन् । छोरीको फोनमा २४ गतेदेखि सम्पर्क हुन सकेन । त्यसपछि म खोज्न २७ गते बेसीशहर आएकी हुँ,' आमा पूजाले रुदै भनिन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments