Incident Reports

अपहरणमा संलग्न भएको आरोपमा तीन जना गिरफ्तार l

2014-01-17

Province 1, Morang, Miklajung

Sukdev Chaudhary मधुमल्ला गाविस-६ का एक व्यक्तिको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले माघ ३ गते तीन जनालाई गिरफ्तार गरेको छ । आफ्नै घरमा रहेको अवस्थामा ३६ वर्षीय मिलन मुक्तानलाई केही काम छ भनी अपहरण गर्ने सुर्खेत जिल्ला साटानपानी गाविस-९ का ३० वर्षीय प्रेमप्रसाद सापकोटा, सोही गाविस-२ का २५ वर्षीय भुपाल गौतम र सोही जिल्ला रतु गाविस-८ का २७ वर्षीय कमल रानालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । केही काम छ भनी जबरजस्ती अपहरण गरेर घरबाट पाँच सय मिटर टाढा पुर्‍याईएपछि मोक्तनले हारगुहार मागेका थिए भने उनलाई स्थानीयवासी र प्रहरीले अपहरण मुक्त गराएका थिए । अपहरणमा संलग्न रहेका तीनै जनालाई अपहरण तथा शरीरबन्धक सम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्वराज पोख्रेलले जानकारी दिए । रकम लेनदेनको विषयलाई लिएर अरु व्यक्तिले नै उनीहरूलाई अपहरणको लागि प्रयोग गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको एसपी पोख्रेलले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis