Incident Reports

प्रहरीको कुटपिटबाट घाइते गुरुङ अस्पतालमा भर्ना

2020-03-22

Gandaki, Lamjung, Dudhpokhari, Ward 8

दुधपोखरी गाउँपालिका वडा नं ८ निवासी  ६६ वर्षीय बेलप्रसाद गुरुङलाई बिचौर इलाका प्रहरीले हिरासतमा कुटपिट गरेर घाइते बनाएपछि उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । पीडितलाई इलाका प्रहरी कार्यलयले चार दिनसम्म कुटपिट गरेको पीडितकी छोरी स्नेह गुरुङले बताउनभयो ।

प्रहरीको कुटपिटबाट शरीर भरि निलडाम भएको उपचारमा संलग्न हाडजोर्नी डाक्टर शरण लिम्बूले बताउनुभयो ।

लिम्बुका अनुसार जिल्ला सामुदायिक अस्पतालमा सिटिस्क्यान नभएकोले काठमाडौ, पोखरा, र चितवन रिफर गरिएको बताउनुभयो । घटना भएको चार दिन पछि ०७६ चैत ४ गते इलाका प्रहरी कार्यालय बिचौरबाट गुरुङलाई जिल्ला प्रहरी कार्यलयमा ल्याइएको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।

प्रहरीले याताना दिएको सन्दर्भमा सोधपुछ गरि प्रहरीलाई विभागीय कारवाही गरिने डीएसपी गुरुङको प्रतिबद्धता छ । घाइतेको अवस्था अहिलेपनि गम्भीर रहेको डाक्टर शरण लिम्बुको भनाइ छ ।

इलाका प्रहरी कार्यालयले ०७६ फागुन ३० गते गुरुङलाई हात हतियार सम्बन्धी र मानिस हराएकोविरुद्धको मुद्दा दर्ता गरेको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।

 दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments