Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

2020-03-20

Madhes, Bara, Simraungadh, Ward 8

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा सिम्रोनगढ नपा–८ कचोर्वाका ४५ वर्षीय हरिनारायण यादव विरुद्ध चैत ८ गते ईलाका प्रहरी कार्यालय सिम्रोनगढमा उजुरी परेको छ ।

बालिकालाई चैत ७ गते दिउँसो आफ्नै घरमा खेलेर बसेको अवस्थामा चक्लेट खान दिन्छु भनी ललाइफकाई आरोपित यादवले यौन दुर्व्यवहार  गरेको आरोप छ ।

आमाबुबा खेतमा काम गरेर घर आउदाँ आरोपित यादवले गालामा दाँतले टोकेर घाउ बनाएको र कपडा खोलेको बालिकाले आमालाई जानकारी गराएपछि पीडित बालिकाका बुवाले चैत ८ गते ईलाका प्रहरी कार्यालय सिम्रोनगढमा उजुरी दिएको इन्स्पेक्टर सुरेन्द्र तामाङ्ले बताउनु भयो ।

प्रहरी हवल्दार सुजित कुमार सिंहको कमाण्डमा रहेको सिम्रोनगढ प्रहरीले चैत ८ गते आरोपित यादवलाई गाउँमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको इन्स्पेक्टर तामाङ्ले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले चैत ८ गते आरोपित यादव र पीडित बालिकाको कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराई बाल यौन दुराचार मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको डिएसपी गौतम मिश्रले बताउनु भयो ।

जिल्ला अदालतले चैत ९ गते बाल यौन दुराचार मुद्दामा अनुसन्धान गर्न सात दिनको म्याद अनुमति दिएको श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले बताउनु भयो ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments