Incident Reports

नेविसंघको मोटरसाइकल याली

2020-02-11

Bagmati, Chitawan, Bharatpur

पार्टी उपसभापति विजयकुमार गच्छदारलाई फसाएको भन्दै नेपाल विद्यार्थी संघ बालकुमारी कलेज नारायणगढले विरोधस्वरुप मोटरसाइकल याली प्रदर्शन गरेको छ । सरकारको प्रभावमा परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारलाई फसाएको नेविसंघको आरोप छ ।

मंगलबार बिहान ११ बजे बालकुमारी कलेजबाट सुरु भएको मोटरसाइकल याली भरतपुरको चौबिसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक पुगेर पुनः बालकुमारी कलेजमा पुगेर समापन भएको थियो । कम्युनिष्ट सरकारले संवैधानिक निकाय अख्तियारलाई कठपुतली बनाएर नियोजित ढंगले कांग्रेस उपसभापति गच्छदारलाई फसाएको नेवि संघ बालकुमारीका अध्यक्ष प्रकाश भण्डारीले आरोप लगाए । उनले कम्युनिष्ट सरकारले अफ्ना पार्टीका नेताहरु तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र हालका नेकपा महासचिव विष्णु पौडेललाई बचाउन खोजेकोले पनि विरोध प्रदर्शन गरिएको बताए ।

यालीमा नेविसंघ जिल्ला सहसचिव सरोज श्रेष्ठ, नेविसंघ बालकुमारी कलेजका कार्यवाहक अध्यक्ष अमितबाबु तिवारी, उपाध्यक्षहरु रेशम गौतम, सुदीप तिवारी, राज क्षेत्री, सचिव विष्णु पन्त, सहसचिव नवराज क्षेत्री, कोषाध्यक्ष हिमाल कोइराला, सदस्यहरु इसु बराल, सुनिल पाण्डे, अनिष भट्टराई, विधान कोइराला, अनु कूल घिमिरेलगायतको उपस्थिति थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments