Incident Reports

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

2020-03-10

Madhes, Dhanusha, Sahidnagar, Ward 3

जनकपुर । धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष पक्राउ परेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षिय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् । शहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका  राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीको आरोप लगाएको छ । 

फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्द ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ । प्रहरीले राजकिशोरलाई राती खानामा नसालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको जानकारी दिएको छ । राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

राजकिशोको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए । घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ ।

प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पत्थरले टाउकोमा प्रहार राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Update

--------------

प्रेमीको सहयोगमा आफ्नै पतिको हत्या गराउने महिलासहित दुई जना पक्राउ


धनुषाकी एक महिलाले आफ्नै श्रीमान्लाई प्रेमीबाट हत्या गराएकी छन् ।
घट्ना गत फागुन २८ गतेकै हो । जिल्लाको शहीद नगर नगरपालिका ३ दिबारनाथकी महिलाले आफ्ना ६० बर्षीय श्रीमान्लाई गाउँकै प्रेमीबाट हत्या गराएकी हुन् । ३० बर्षीया कोशिलादेवीले ६० बर्षीया श्रीमान् राजकिशोर मण्डलको हत्या गराएकी हुन् । धनुषा प्रहरीले घट्नाको दुई सातापछि कोशिला र उनका प्रेमी २७ बर्षीय राकेश कुमार मण्डललाई सार्वजनिक गरेको छ ।

फागुन २७ गते तराई मधेश होली मनाउन व्यस्त थियो । सोही राति राजकिशोरका कान्छी श्रीमति कोशिला देवी र उनका प्रेमी राकेशबीच राजकिशोरको हत्या गर्ने योजना मोवाइल सम्पर्कमा बन्यो । योजना बमोजिम कोशिलाले श्रीमान् राजकिशोरको खानामा नसालु ट्याव्लेट मिलाईन् । खाना खाएर राजकिशोर मण्डल निदाई सकेपछि बिहान २ बजेतिर कोशिलाले प्रेमी राकेशलाई फोन गरेर बोलाइन् ।

राकेश आएपछि धारामा ओछ्याई राखेको कंक्रिट पत्थर ल्याए । त्यसपछि त्यो कंक्रिट पत्थरले राजकिशोरको निधारमा पटक–पटक प्रहार गरियो । ‘पत्थर प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ’ धनुषाका प्रहरी प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले भने, “घटनाको जानकारी पाउना साथ तत्कालै प्रहरीले घटनाको प्रकृती हेरी अनुसन्धानकै क्रममा कोशिला देवीलाई घटनास्थलबाटै र राकेश कुमार मण्डललाई आफ्नै घरबाट नियन्त्रणमा लिएको थियो ।”

नियन्त्रणमा लिएका दुवै जनाले मिलोमतोमा राजकिशोर मण्डललाई पत्थरले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको भनी स्वीकार गरी साबिती बयान दिएको उनले बताए ।

नियन्त्रणमा लिएका दुवैजना उपर कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports