Incident Reports

छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

2020-03-24

Karnali, Humla, Chankheli, Ward 3

चङ्खेली गाउँपालिका–३ कालवाडास्थित ६ महिनाकी बालिकालाई हत्या गरेको घटनाको आरोपमा २९ वर्षीय बाबु दिनेश चौलागाईलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

चैत ११ गते साँझ ६ बजे छोरीको हत्या गरेको भन्दै आरोपित चौलागाईकी पत्नी र बाबु भिमप्रसाद चौलागाईले सोही दिन पिपलाङ प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमकोट पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले बताउनु भयाे ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments