Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार नगरेको पीडित परिवारको आरोप

2020-02-28

Madhes, Parsa, Birgunj, Ward 17

वीरगंज मनपा–१७ अलौंमा बलात्कारको घटना भएको एक महिना बितिसक्दा पनि संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ नगरेको पीडित परिवारको आरोप छ ।

पीडित परिवारका अनुसार स्थानीय नेताहरूको दबाबमा आएर पर्सा प्रहरीले मुख्य आरोपित ४२ वर्षीय सुमेश साह कानूलाई पक्राउ नगरेको हो ।

गत फागुन १६ गते साँझ साढे ६ बजे १० वर्षीया बालिकालाई दुईजनाले जबरजस्ती करणी गरेका थिए । जसमध्ये चैत ३ गते ३५ वर्षीय गुरु साह कानूलाई प्रहरीले गिरफ्तार गरिसकेको छ  ।  अर्का आरोपित ४२ वर्षीय सुमेश साह कानू भने फरार छन् ।

साँझपख गाउँको चोकमा दूध किन्न गएकी बालिकालाई दुवैजनाले नियन्त्रणमा लिई करणी गरेको उजुरीमा उल्लेख छ ।

बलात्कार आरोपी फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौत थापाले बताउनु भयो ।

पीडित बालिकाको फागुन १७ गते नारायाणी अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments