Incident Reports

महेन्द्रनगर बम विस्फोट घटनाका आरोपित गिरफ्तार

2020-03-25

Madhes, Dhanusha, Dhanusadham

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ता धनुषाधाम नपा–३ तेजनगर बस्ने ३५ वर्षीय गंगा मण्डल खत्वेलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ ।

क्षिरेश्वरनाथ नपा–५ स्थित राजेश साहको घरमा मङ्सिर २८ गते राती १२ः३० बजे प्रहरी इन्स्पेक्टर लगायत तीन जनाको हत्या हुने गरि बम विस्फोट गरिएको थियो । बम विस्फोटमा परेर ४८ वर्षीय राजेश साह, ४२ वर्षीय प्रहरी इन्स्पेक्टर अमिर दाहाल र १७ वर्षीय आनन्द साहको मृत्यु भएको थियो । घटनामा परेर अन्य ४ जना घाइते समेत हुनुभएको थियो ।

बम विस्फोट घटनामा संलग्न आरोपित खत्वेलाई धनुषाधामको तेजनगरस्थित आफ्नै घरमा बसि रहेको बेलामा प्रहरीले गिरफ्तार गरेको हो । प्रदेश प्रहरी र ईलाका प्रहरी कार्यालय धनुषाधामको संयुक्त गस्ती टोलीले गिरफ्तार गरेको खत्वेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

गिरफ्तार खत्वेको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments