Incident Reports

छोरालाई क्वारेन्टाइनमा राखेपछि बाबुले कुटे स्वास्थ्यकर्मी

2020-03-25

Sudurpashchim, Baitadi, Purchaudi, Ward 5

भारतबाट फर्केको छोरालाई घर जान नदिएर क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुर्चौडी नगरपालिकाका वडा नम्बर ५ का एक स्थानीयले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।

काटैस्थित भूमिराज माविमा बनाइएको क्वारेन्टाइनमा छोरा सुनिललाई राखेको विरोधमा नरेन्द्रले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।

यो घटना बुधबार राति १०ः३० बजेको हो। भारतबाट फर्केका सुनिलसहित पाँच जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

‘भारतबाट फर्केका युवालाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ। सुनिलका बाबु नरेन्द्र हिजो राति क्वारेन्टाइनभित्र गएर विवाद गर्दै स्वास्थ्यकर्मीलाई आक्रमण गरेछन्,’ मेयर रणबहादुर कुँवरले सेतोपाटीसँग भने, ‘स्वास्थ्यकर्मी कुट्ने नरेन्द्रलाई प्रहरीकहाँ बुझाएका छौं।’

नरेन्द्रले आफ्ना छोरा सुनिललाई क्वारेन्टाइनमा राख्न नपर्ने भन्दै छोड्न आग्रह गरेका थिए। तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करणसिंह धामीले १४ दिनसम्म छोड्न नमिल्ने बताएपछि विवाद भएको थियो।

दाउराको चिर्पर्टले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको र हातका औंलामा दाँतले टोकिदिएको नरेन्द्रमाथि आरोप छ। ‘विवाद बढ्दै गएपछि आक्रमण भएको देखिन्छ,’ मेयर कुँवरले भने, ‘घटनाबारे आवश्यक अनुसन्धान प्रहरीले गर्छ।’ घाइते स्वास्थ्यकर्मीको उपचार भइरहेको उनले बताए। धामी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव हुन्।

घटनापछि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवर र प्रमुख प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थीले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

अहेव धामीलाई कोठाभित्र प्रवेश गरी गाली गलोजसहित घाइते हुने गरी आक्रमण गरेको भन्दै उनीहरूले नरेन्द्रमाथि कारबाही गर्न माग गरेका हुन्।

‘कोरोनाबाट देश आक्रान्त र लकडाउन भइरहेका बेला स्वास्थ्यकर्मीलाई सहयोग गर्नुको साटो उक्त अभियानमा संघर्षरत स्वास्थ्यकर्मीको मनोबल गिराउने नियतले आक्रमण हुनु दुखद छ,’ उनीहरूले भनेका छन्, ‘दोषीमाथि कारबाही गर्नुपर्छ।’

भारतबाट आएका नेपालीलाई स्थानीय तहको व्यवस्थापनमा अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने केन्द्र सरकारले निर्देशन दिएको थियो। नगरपालिकाले खाना, बसोबास र स्वास्थ्य तथा सुरक्षाको जिम्मेवारीसाथ क्वारेन्टाइनमा भारतबाट आएका नेपाली राखेको मेयर कुँवरले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports