2020-03-27
तनहुँ- तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका स्थानीयबीच आज झगडा हुँदा आठ जना घाइते भएका छन् ।
कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन भएको अवस्थामा फुटबल खेल्ने क्रममा विवाद भएपछि भएको झगडामा परी कुमाल टोलका आठ जना घाइते भएका हुन् ।
कुसुमे टोलका व्यक्तिहरुले कुटपिट गर्दा कुमाल टोलका ६५ वर्षीय वुद्धिबहादुर कुमालसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
कुमालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कुटपिट गरेको अभियोगमा प्रहरीले कुसुमे टोलका तीन जनालाई नियन्त्रणमा लिएको छ ।
“फुटबल खेल्ने क्रममा विवाद भएपछि मास्दी टोलका स्थानीयले कुमाल टोलका स्थानीयलाई कुटपिट गरेका रहेछन्”, प्रनाउ लामिछानेले भने, “पछि कुमाल टोल नै उर्लिएर मध्यमासफाँट टोलका व्यक्तिहरुलाई लखेटेका रहेछन् ।”
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 100 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 10 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Injured | 8 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance