Incident Reports

बाल यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-03-25

Bagmati, Lalitpur, Lalitpur, Ward 15

सात वर्षीया बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा भारत बिहार घर भइ ललितपुर महानगरपालिका–१५, सातदोबाटो बस्ने ४२ वर्षीय मोहमद समीर मुसलमानलाई प्रहरीले  ०७६ चैत १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले चैत १२ गते पीडितलाई मिठाई दिने प्रलोभनमा आफ्नै डेरा कोठामा लगेर यौनाङ्ग देखाएपछि बालिका भागेर रोइकराइ गरेको र घटना बारे जानकारी पाएको पीडितकी आमाले बताउनु भयो ।

पीडितकी आमाले चैत १३ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गर्नु भएको थियो । आरोपितलाई बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments