Incident Reports

सात घरमा आगजनी,घटनामा संलग्न तीन पक्राउ

2020-02-24

Madhes, Bara, Jitpur Simara, Ward 15

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१५, मठियानी टोलमा सोमबार राति अज्ञात समूहले विपन्न परिवारका सातवटा घरमा आगजनी गरेको छ । आगजनीबाट दुईवटा पूर्ण रुपमा घर, जलेर नष्ट भएका छन्।अन्य पाँच घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

आगजनीबाट लाखौं को धनमाल, लत्ता कपडा, अन्न, सवारी साधन जलेर नष्ट भएको प्रहरीले जनाएको छा पिडीतको जाहेरीमा आगजनीमा संलग्न भएको आशंकामा बडा नम्बर १८ का तीन जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

पक्राउपर्नेमा स्थानीय १८ बर्षिय मुकेश पासवान, १८ बर्षिय सुरज पासवान र १८ बर्षिय सुकुराम मोक्तान रहेका छन्।घटनाका मुख्य नाईके जेके भनिने भिम थिङ्ग लगायत अन्य केही व्यक्ती फरार रहेका छन।उनीहरुको खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ। आगजनीबाट नागेन्द्र राम र दिनेश माझीको घर पूर्णरुपमा जलेर नष्ट भएको छा त्यस्तै विजय राम बलेस्टर पासवान, शम्भु राम, भोला अहिर र सन्दिप थापाको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छा सबै खरका छाना भएका फुसका घरहरुमा आइतबार राति करिब १० बजेको समयमा भएको आगजनीबाट तीन लाख बढीको क्षति भएको छा पक्राउ परेका उपर अपराधिक उपद्रोह अर्न्तगतको मुद्दामा म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

आगजनीबाट ध्वस्त भएका घर परि वारको विचल्ली भएको छामंगलबार अपरान्ह आएको असिना पानीले उनीहरुको समस्यमामा थप पीडा दिने काम गरेको वडा नं. १७ का अध्यक्ष नवराज खड्काले बताए स्थानीयले गाउँमा लगाएको यज्ञमा धार्मिक भजन बजिरहेका बेला डिजे बजाउनु पर्यो भन्दै मदिरामा लठ्ठ यूवाहरुले विवाद गरे पछी स्थानीयसँग सामान्य विवाद भएको थियो ।

विवादमा उत्रिएका उनीहरुले गरीबका झुपडीमा आगजनी गरेको जानकारी दिए।वडा अध्यक्ष खा ड्काले दोषी उपर कडा कार्वाहीको माग समेत गरेका छन्। आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total damaged Buildings 7
Severely damaged Buildings 7
Local Newspaper - Bara

0 Comments

Related Reports