Incident Reports

रौतहटमा ८ वर्षीया बालिका बलात्कृत

2020-03-28

Madhes, Rautahat, Phatuwa Bijayapur, Ward 5

रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएकी हुन् ।

फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका १८ बर्षिय नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिवार राति घरबाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका थिए ।

सो क्रममा पीडित बालिका रोए कराई गरेपछी सुुनेर स्थानीयले पाश्वानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरिक्षक साहले आज सोमवार घटनालाई सार्वजनिक गरेका छन् ।
आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धीमुद्धा  दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक साहले बताए ।

पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments