Incident Reports

तरुण र विद्यार्थीले गरे राजमार्ग अवरुद्ध

2020-02-09

Bagmati, Makawanpur, Hetauda, Ward 2

आफ्नो पार्टीका उपसभापतिलाई प्रतिशोध र बदनियतपूर्ण तरिकाले भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै त्यसको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाली विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ ।

आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट नाराजुलुसहित प्रदर्शन गर्दै हेटौंडाको राप्तीपुल नजिक पूर्वपश्चिम राजमार्ग अवरुद्धसमेत गरेको छ । काँग््रेसको भातृ संगठन महिला संघलगायतका प्रतिनिधिको सहभागितामा भएको प्रर्दशनको क्रममा करिब ४० मिनेट राजमार्ग अवरुद्ध गरिएको थियो । सत्तारुढ नेकपाका नेतालाई जोगाएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई भने मुद्दा चलाइएको भन्दै काँग्रेसको भातृ संगठनले त्यसको विरोध गरेको हो । 

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको छ भने सोही प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललगायतलाई कारबाहीको दायरामा नल्याएको प्रति काँग्रेस भातृ संगठनले आपत्ति जनाएको छ । घटनाको विरोधमा केही दिनयता कांग्रेस आन्दोलित छ । कांग्रेसले बिहीबारयता तीन पटक संसद् बैठकसमेत अवरोध गरिसकेको छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Other political issues
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments