Incident Reports

पतिले कुटपिट गरेको भन्दै उजुरी दर्ता l

2014-01-20

Sudurpashchim, Kanchanpur, Shuklaphanta

Komal Nirajan Bhat झलारी गाविस-५ की २७ वर्षीया निर्मलादेवी ऐरलाई पति ३२ वर्षीय रामबहादुर ऐर र सौता रेवतीदेवी ऐरले कुटपिट गरेको भन्दै उनीहरू विरुद्ध पीडितले माघ ६ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका केन्द्रमा उजुरी दिएकी छन् । निर्मलादेवीलाई पुस २९ गते पति रामबहादुर ऐर र सौता रेवतीदेवी ऐरले कुटपिट गर्दा उनको छाती र टाउकोमा चोट लागेको छ । पतिले इटाको टुक्राले टाउकोमा हानेपछि टाउकोमा गहिरो चोट लागेको पीडितले बताइन । पीडितको महाकाली अञ्चल असपतालमा उपचार भइरहेको छ । घटनाका आरोपित मध्ये रेवती सम्पर्कमा रहेकी तथा कुटपिट गरेर फरार रहेका रामबहादुरको खोजी भइरहेको महिला तथा बालबालिका केन्द्रले जनायो ।

0 Comments

Related Reports
Related Trend Analysis