Incident Reports

नातिको खुकुरी प्रहारबाट घाइते वृद्धदम्पतीकाे अवस्था चिन्ताजनक

2020-03-30

Bagmati, Kathmandu, Dakshinkali, Ward 4

दक्षिणकाली–४, बाँसबारीमा नातिको खुकुरी प्रहारबाट घाइते भएका ८१ वर्षीय हजुरबुबा कृष्ण मगर र ८१ वर्षकै हजुरआमा मिश्री मगर गम्भीर घाइते भएका छन् ।

खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्धदम्पतीको ट्रमा सेन्टरमा उपचार भइरहेको र दुवैजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । १९ वर्षीय विजय मगरको खुकुरी प्रहारबाट छिमेकी ५० वर्षीय कान्छा श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । श्रेष्ठको भने मनमोहन अस्पतालमा उपचार  भइरहेको छ ।

खुकुरी प्रहार गरेर फरार रहेका विजय मगरलाई प्रहरीले आज मंगलबार बिहान १ बजे ललितपुरको बुंगमतीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार सोमबार अपराह्न चार बजे घरमै छिमेकी श्रेष्ठसँग गफ गरिरहेका वृद्धदम्पतीलाई मगरले एक्कासि खुकुरी प्रहार गरेका थिए । घाइते तीनैजनालाई प्रहरीले तत्काल उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

किन भयो घटना ?
सानैमा बुबा गुमाएका विजयलाई आमाले पनि सानैमा छाडेर अर्कैसँग विवाह गरेर गएकी थिइन् । टुहुरो  बनेका विजयलाई हजुरबुबा र हजुरआमाले हुर्काएका थिए । हजुरबुबा र हजुरआमाले विजयलाई बुबाको  नामको अंशसमेत नामसारी गरिदिएका थिए । तर, लालपुर्जा भने उनलाई दिइएको थिएन ।

लागुऔषधको कुलतमा फसेका विजयले हजुरबुबा र हजुरआमासँग पटकपटक पैसा र घरजग्गाको लालपुर्जा माग्ने गरेका थिए । तर, सम्पत्ति सकाउने डरले हजुरबुबा र हजुरआमाले उनलाई लालपुर्जा दिएका थिएनन् । सोमबार सोही विषयमा विजयले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments