Incident Reports

भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु

2020-04-01

Lumbini, Dang, Rajpur, Ward 1

२० चैत, दाङ । दाङमा आफ्नै भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका-१ रसरीखोला बस्ने ३२ वर्षीय प्रेमबहादुर कामी रहेका छन् ।

२७ वर्षीय भाइ जसराम कामीले मादक पदार्थ सेवन गरी प्रेममाथि बुधबार राति चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाजुलाई चिर्पट प्रहार गरेपछि जसराम भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Abducted 00
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Reports