Incident Reports

बलात्कारको आरोपित बालक विरुद्ध मुद्दा l

2014-01-21

Shekhar Dhakal एक ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा राजगञ्ज सिनुवारी गाविस-९ का एक १४ वर्षीय बालक विरुद्ध प्रहरीले जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको छ । पीडित बालिकाका हजुरबाबुको उजुरीका आधारमा १४ वर्षीय बालकलाई माघ ११ गते गिरफ्तार गरी माघ १२ गते अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी लक्ष्मण गिरीले बताए । आरोपित बालकले माघ ८ गते ती बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका हजुरबुवाले इलाका प्रहरी कार्यलय देवानगञ्जमा माघ १० गते उजुरी दिएका थिए । चौधरीले कोही नभएको मौका पारेर बालिकालाई फकाएर आफ्नै घरमा लगि बलात्कार गरेको उजुरीमा जनाइएको छ । कोसी अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis