Incident Reports

थुनामा राख्ने अदालतको आदेश सदर l

2014-01-25

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokharel एक १३ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास गर्ने आरोपित हरीपुर गाविस-५ बसन्तपट्टीका २९ वर्षीय रोशन चौधरीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई माघ १२ गते पुनरावेदन अदालतले सदर गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र राजेश्वर तिवारीको संयुक्त इजलाशले आरोपितलाई पुपर्क्षका लागि थुनामा राख्न जिल्ला अदालतले गरेको आदेश कानुनअनुसार नै भएको भन्दै सदर गरेको हो । जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले कात्तिक ७ गते आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राख्ने आदेश गरेको थियो । राजविराज नपा-४ स्थित दिपसाजन होटल एण्ड लजमा नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले असोज १० गते आरोपितलाई गिरफ्तार गरेको थियो । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis