Incident Reports

बलात्कार प्रयासका आरोपित गिरफ्तार l

2014-01-25

Province 1, Udayapur, Triyuga

DM Chamling Rai एक २० वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा उदयपुर त्रियुगा नपा-३ निवासी २८ वर्षीय ट्याक्टर चालक शेरबहादुर राईलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । आरोपितले मात्तिम र लफ्याङ गाविसबीच पर्ने साप्सुखोलाको जङ्गलमा माघ ९ गते साँझ पीडित महिलालाई बलत्कार प्रयास गरेका थिए । आरोपित डराईभरले आफूलाई घर पुर्‍याईदिन्छु भन्दै खोला नजिकै जङ्गलमा पुर्‍याएर बलत्कार प्रयास गरेपछि आफू भागेको पीडितले प्रहरीलाई बयान दिएकी छन् । युवतीले फोनमार्फत आफूमाथि बलत्कारको प्रयास भएको जानकारी प्रहरीलाई गराएकी थिईन् । घटनाबारे प्रहरीलाई जानकारी गराए लगतै जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी गोविन्दकुमार शाहको नेतृत्वमा गएको टोलीले पीडित महिलालाई उद्धार र आरोपितलाई गिरफ्तार गरेको हो । आरोपित विरुद्ध कानुनी प्रक्रिया अघि बढाएर कारबाही गरिने डिएसपी शाहले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis