Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-04-03

Gandaki, Gorkha, Gorkha, Ward 12

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ४७ वर्षीय योगेन्द्र कुमाललाई प्रहरीले चैत २१ गते गिरफतार गरेको छ ।

प्रतिबन्धित पार्टीका पुर्व सेक्रेटरी समेत रहेका कुमाललाई गोरखा नपा–१२ दश किलो स्थित कुन्दुरटारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाका  एसपी ओम अधिकारीले बताउनुभयो ।

चेकिङमा रहेको प्रहरी टोलिलाई अभद्र व्यवहार गरि काम कारवाहीमा बाधा पुर्याएकाले उनलाई नियन्त्रणमा लिइएको तर कुन शिर्षकमा मुद्दा दर्ता गर्ने निक्यौल भइनसकेको अधिकारीले बताउनुभएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments