Incident Reports

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा विरामीको मृत्यु

2020-04-05

Lumbini, Kapilbastu, Kapilbastu

कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुन निशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ ।

आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो ।

तर त्यहाँ पूर्णउपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएकोमा त्यहाँ भर्ना गर्न नमान्दा निशाको उपचार अभावमा मृत्यु भएको आफन्तले जनाएका छन्  ।

भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याइएको थियो । तर उनको अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको वडा अध्यक्ष श्याम नरायाण उपाध्यायले जानकारी दिए ।

मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खुवाइएको बताइएको छ । कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बञ्जाडले भने बिरामी ल्याएको तर उनको एम्बुलेन्समा नै मृत्यु भएको परिवारलाई जानकारी गराएको बताएका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पतालमा निशाको उपचार भएपनि भैरहवामा के कारणले भर्ना गरिएन भन्नेबारे जानकारी नभएको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports