Incident Reports

अन्तरजातीय विवाह गरेकै कारण बाबुको काजक्रियाबाट बञ्चित l

2014-01-24

Bagmati, Chitawan, Ichchhyakamana, Ward 4

Sabitri Sapkota दारेचोक गाविस-३ कुरीनटार घर भई हाल पिठुवा गाविस-२ बस्ने ४१ वर्षीय नगेन्द्रप्रसाद उप्रेतीले अन्तरजातीय विवाह गरेकै कारण आफूलाई बाबुको काजक्रिया गर्न नदिएको भन्दै कुरीनटार बस्ने मामा ४५ वर्षीया रामचन्द्र सिलवाल र भाई ३३ वर्षीय रुद्रप्रसाद उप्रेती विरुद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिए । नगेन्द्रले २०५३ पुस ६ गते पिठुवा गाविसकी थलकुमारी परियारसँग विवाह गरे पश्चात नै घरबाट निकाला गरिदिएको पीडितले बताए । बिरामी भएका बावुलाई भेटघाट गर्न नदिएको र गत पुस २४ गते बावुको मृत्यु भएपश्चात दाहसंस्कारमा समेत खबर नगरेको र काजक्रियाको लागी घर जाँदा अन्तरजातीय विवाह गरेको भन्दै काजक्रिया गर्न नदिएको नगेन्द्रको भनाई छ । रामचन्द्र सिलवाल, रुद्रप्रसाद उप्रेती लगायतले नगेन्द्रलाई तैले दमिनी विवाह गरेकोले तँ दमई भएको, तँलाई कुलखानदानबाट निकालिएकोले तैले काजक्रिया गर्न पाउँदैनस् भन्दै निकालेको जगेन्द्रको भनाई छ । उनले पिठुवा गाविसमा आई बावुको काजक्रिया गरेको बताए । आफूलाई सो कार्य गर्नेलाई पक्राउ गरी जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) ऐन २०६८ को दफा ७ बमोजीम कारबाहीको माग गर्दै नगेन्द्रले प्रहरीमा उजुरी दिएका हुन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis