Incident Reports

धनगढीका अस्पतालले भर्ना गर्न नमान्दा एक जनाको मृत्यु

2020-04-08

Sudurpashchim, Kailali, Dhangadhi

अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर कैलालीमा एक जनाको मृत्यु भएको छ। बुधवार साढे ११ बजे धनगढीस्थित एक निजी अस्पताल पुगाईएका जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर २ तेघरीका ७६ बर्षीय जनकलाल भट्टको मृत्यु भएको हो।

भट्टलाई साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुगाईएको थियो। विरामीका आफन्त हेमराज भट्टले भने, ‘अंकललाई साढे ११ बजे अस्पतालमा पुगाए। भर्ना गर्न मानिएन्। सोही अस्पतालमा तेघरीका एक जना कार्यरत रहेछन्। उनले स्वास्थ्य जाँच गरिदिएपछि स्वासप्रश्वासमा समस्या देखिएको भन्दै भेण्टिलेटरमा राख्न सुझाव दिईयो। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा अहिले अंकलको मृत्यु भईसकेको छ।’

उनका अनुसार धनगढीमा भेण्टिलेटरको सुविधा रहेको अर्को निजी अस्पताल निसर्गका संञ्चालकसंग आग्रह गरेपनि त्यहाँ डाक्टर नभएको जानकारी आएको थियो। ‘घर पुगेको १० मिनेट मात्रै भएको थियो अंकलको मृत्यु भयो। कुनै अस्पतालले पनि भर्ना गरिदिएको भए अहिले अंकल जिवत नै हुन्थेहोला।’

केही निजी अस्पतालले भेण्टिलेटर खाली नभएको बताएका हुन् भने केही अस्पतालले चिकित्सक नै नभएको भन्दै भर्ना गर्न नमानेका हुन्। सेती प्रादेशिक अस्पतालमा पनि भेण्टिलेटर खाली नभएको जानकारी पाएपछि उनलाई त्यहाँ भने लगिएको थिएन्।

यता माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले भने भेण्टिलेटर खाली नहुँदा भर्ना गर्न नसकिएको प्रतिक्रीया दिए। निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले भेण्टिलेटर खाली भएपनि लकडाउनका कारण फिजिसियन डाक्टर काठमाडौँमा रोकिएका कारण भर्ना गर्न नसकिएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Kailali

0 Comments