Incident Reports

आफैंले बोकेको बन्दुक पड्किँदा एक जना घाइते

2020-04-10

Bagmati, Sindhuli, Ghanglekh, Ward 1

सिन्धुलीमा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा घ्याङलेख गाउँपालिका-१ बुक्ति पटबाँस बस्ने ४८ वर्षीय राम बहादुर पाख्रिन रहेका छन् ।

सोही गाउँपालिकास्थित जगंल नजिकै बारीमा मकै खान आएको जंगली बँदेल लखेट्न बोकेको बन्दुक बिहीबार राति अचानक पड्किँदा पाख्रिन घाइते भएको प्रहरीले जनाएको छ । उनीसँगै बन्दुक बोकेर जाने अन्य चार जना भने फरार रहेका छन् । सोही ठाउँ बस्ने नुर भन्ने बुद्धबहादुर बम्जनसहित ४ जनाको खोजीकार्य जारी रहेको र घट्नाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको प्रहरीले जनाएको छ ।

National/Online Media

0 Comments

Related Reports