Incident Reports

प्रहरीका सईद्वारा पत्रकारलाई धम्की l

2014-01-29

Santosh Ruchal समाचार लेखेको विषयलाई लिएर कान्तिपुर दैनिकका धनकुटा सम्वाददाता ३५ वर्षीय अवधेशकुमार झालाई जिल्ला प्रहरी कार्यालयका सई प्रतिमा राईले माघ १५ गते धम्क्याएकी छन् । कान्तिपुर दैनिकमा माघ १५ गते प्रकाशित प्रहरीले पोसाक सिलाई खर्च पाएनन् शिर्षको समाचारको विषयलाई लिएर मोवाईल मार्फत आफूलाई धक्याएको पीडितले बताए । सई राईले समाचार लेख्ने शैली थाहा छैन, खाते जस्तो समाचार लेख्ने भन्दै धम्क्याएकी थिईन् । राईले धम्क्याउँदै जिल्ला प्रहरी कार्यालयमा बोलाएपछि पीडित तत्काल प्रहरी कार्यालय पुगेका थिए । डिएसपी रामेश्वर कार्कीसँग हात मिलाउँदै गर्दा सई राई लगायतका तल्लो दर्जाका केही प्रहरी कर्मचारीले कार्यालय परिसरमा नै पुनः धम्क्याउँदै र्दुव्यावहार गरेपछि पीडित झाले असुरक्षा महसुस गरी आजै नेपाल पत्रकार महासंघमा लिखित उजुरी दिएका छन् । उजुरी पश्चात् नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिद्धराज राईको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको पत्रकारहरुको टोलीसँग जिल्ला प्रहरी कार्यालयका एसपी इश्वरीप्रसाद चापागाईले माफी मागेका छन् । उनले कान्तिपुर दैनिकमा प्रकाशित समाचार प्रहरीको हितमा रहेको र आफू मातहतका कर्मचारीबाट पत्रकार झा माथि भएको दुर्व्यावहारप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे । पत्रकार झालाई असुरक्षा महसुस नगर्न आग्रह गर्दै दोषी प्रहरीलाई विभागिय कारबाही गरिने र आफ्नो काममा निर्भयताका साथ लाग्न एसपी चापागाईले आग्रह गरे । उनले कुनै असुरक्षाको महसुस भए सुरक्षा दिन तयार रहेको पनि बताए ।

0 Comments

Related Reports
Related Trend Analysis