Incident Reports

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते l

2014-01-29

Province 1, Taplejung, Phaktanglung

Devraj Gurun अज्ञात समूहले माघ १५ गते साँझ प्रहार गरेको गोली लागि खेजेनिम गाविस-५ का ५२ वर्षीय तेजबहादुर कार्की घाइते भएका छन् । उनलाई थप उपचारका लागि माघ १६ गते बिहान मोरङको विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले रेफर गरिएको अस्पतालका प्रमुख डाक्टर सूर्यबहादुर गुरुङले जानकारी दिए । घाइतेको देव्रे खुट्टाको घुँडामा गोली लागेको छ भने निधार, देब्रे हात लगायत शरीरका विभिन्न भागमा चोट लागेको डाक्टर गुरुङले बताए । कार्कीलाई चार/पाँच जनाको सङ्ख्यामा आएको एक समूहले गोली प्रहार गरेको इन्सपेक्टर कृष्णदेव चौधरीले बताए । घरमै बसिरहेका बेला गोली प्रहार भएको इन्सपेक्टर चौधरीले बताए । चौधरीका अनुसार गोली प्रहार गर्नेको पहिचान भइनसकेको र नाकाबन्दी गरेर खोजी सुरु गरेको जानकारी दिए । घाइतेले समेत पहिचान गर्न नसकेका कारण अनुसन्धानमा केही समय लाग्ने बताए । उक्त समूहको खोजी कार्य जारी रहेको उनले बताए । कार्की गाउँमा खेती किसान गरेर खाने व्यक्ति हुन् ।

0 Comments

Related Reports
Related Trend Analysis