Incident Reports

बलात्कारको आरोपमा गिरफ्तार l

2014-01-27

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital साँगाचोक गाविस-४ का ५२ वर्षीय माइला भन्ने हिरालाल श्रेष्ठलाई माघ १५ गते एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपित श्रेष्ठले एक ३५ वर्षीया महिलालाई माघ १२ गते साँझ बलात्कारको प्रयास गरेको आरोप छ । पीडितपक्षले आरोपित विरुद्ध माघ १३ गते प्रहरी चौकी साँगाचोकमा उजुरी गरेका थिए । आरोपितले बलात्कार गर्न खोज्दा प्रतिकार गर्दै चिच्याएर आफू भागेको पीडितले बताइन् । आरोपित श्रेष्ठले भने रक्सी खाएर बेहोसी अवस्थामा आफूले त्यसो गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनायो । आरोपितलाई अदालतमा म्याद थप गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको प्रहरीले जनाएको छ । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis