Incident Reports

पत्नी कुटपिट गरेको आरोपमा पतिविरुद्ध प्रहरीमा जाहेरी l

2014-01-27

Bagmati, Kathmandu, Kathmandu, Ward 7

Vivek Dhungana पत्नी कुटपिट गरेको आरोपमा लमजुङ जिल्ला तार्बुघाट गाविस-५ घरभई हाल कामनपा-७ चावहिल बस्ने २८ वर्षीय जगदिश नेपाली विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । पतिले दिनहुँ मादक पदार्थ सेवन गरी कुटपिट गर्ने र खानलाउन समेत नदिई मानसिक तथा शारीरीक यातना दिएको आरोपमा ३५ वर्षीया शान्ति घिसिङले महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा माघ १३ गते जाहेरी दिएकी हुन् । आरोपितलाई घरेलुहिंसा ऐन २०६६ बमोजिम कारबाहीका गरी लालनपोषणको व्यवस्था गरी शान्ति सुरक्षा कायम गरी पाउँ भनि पीडितले जाहेरीमा माग गरेकी छन् । कसैसँग बोल्दा विभिन्न शङ्का गरी आफूलाई पतिले कुटपिट गर्ने गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । उनीहरुको २०६५ सालमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । जाहेरी सँगै सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले आरोपितलाई गिरफ्तार गरी कारबाही गर्न निर्देशन दिईसकेकी छन् ।

0 Comments

Related Reports
Related Trend Analysis