Incident Reports

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

2020-02-17

Lumbini, Gulmi, Gulmidarbar, Ward 2

 गुल्मीमा नेपाली कांग्रेसका एक जना अन्दाजी ७६ वर्षीय नेता ६ वर्षीय बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । गुल्मीदरबार गाउँपालिका वडा नम्बर-२ जुभुङ्गस्थित नेपाली कांग्रेस साविक जुभुङ्ग गाउँ कार्य समितिका पूर्व सभापति एवं हाल क्षेत्रीय प्रतिनिधि अन्दाजी ७६ वर्षीय केशरसिंह सारु छिमेकी ६ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई सोमबार पक्राउ गरी मंगलबार अदालतमा जबर्जस्ती करणी अभियोगमा म्याद थप समेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पीडित ६ वर्षीया ती बालिकाकाअनुसार सोमबार दिउँसो ती वृद्ध बालिकाको घरमा कोही नभएको बेला आएर पाँच रुपैयाँ पैसा दिई अप्राकृतिक ढंगले यौन कृयाकलाप गरेका थिए ।

'सुवेदार बाजेले हाम्रो घर आएर पाँच रुपैयाँ पैसा दिई त्यस्तो गर्नु भएको थियो,'- ती बालिकाले भनिन्-'पहिलापहिला पनि पैसा दिने गर्नुहुन्थ्यो ।' ती बालिकाकी आमाले साँझ घर आउँदा छोरीले पिसाब फेर्न गाह्रो भयो, दुख्यो भनेको र सुवदारबाले त्यस्तो कार्य गरेको बताएपछि आफुले थाह पाई उजुरी दिन आएको बताईन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Rupandehi

0 Comments