Incident Reports

No translation available.

2014-02-04

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokharel पत्नी हत्याका आरोपित बरही वीरपुर गाविस-१ का २५ वर्षीय सन्तोषकुमार यादवलाई जिल्ला अदालतले माघ २१ गते पुपर्क्षका लागि थुनामा राख्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको आदेशले आरोपितलाई पुपर्क्षका लागि थुनामा राख्ने आदेश गरेपछि राजविराज कारागार पठाइएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । अदालतले फरार आरोपितहरु मृतकका ससुरा ५१ वर्षीय वीरेन्द्र यादव, सासू ४५ वर्षीया अरुहुलियादेवी यादव र नन्दहरु १९ वर्षीया रन्जुदेवी यादव र १७ वर्षीया मन्जुदेवी यादवलाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको छ । आरोपितहरुले २१ वर्षीय रम्भादेवीलाई २०६९ असार ४ गते राति हत्या गरी फरार रहेकाले कानुनी कारबाहीको माग गर्दै मृतकका पिता बोरिया गाविस-८ का श्यामसुन्दर यादवले ०६९ असार २० गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका थिए । आरोपितमध्येका सन्तोष ०७० पुस २२ गते राजविराजबाट गिरफ्तार भएका थिए भने अन्य आरोपितहरु हालसम्म फरार रहेका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis