Incident Reports

दलित बालक प्रहरी र गैरदलित युवावाट निर्धात कुटिए

2020-02-10

Madhes, Siraha, Siraha, Ward 22

सिरहा नगरपालिकाको हकपाडामा मोबाईल चोरीको आरोपमा सिरहामा एक जना दलित बालक स्थानीय प्रहरी र गैरदलित युवावाट निर्धात कुटिएका छन् ।

सिरहा नगरपालिका २२ हकपाडाका १३ वर्षिय रमेश कुमार रामलाई प्रहरी र स्थानीय गैरदलित युवाहरुले कुटपिट गरेको हो । स्थानीय एक टेन्टमा काम गर्दै आएका रमेश कुमार रामलाई मोबाईल चोरीको आरापमा सोमवार दिउँसो निर्धात कुटपिट गरियो । ‘सामसुङ कम्पनीको जे टू’ मोबाईल चोरी गरेको आरोपमा लगाउँदै गाउँकै केही गैरदलित युवाले सुरुमा कुटपिट गरेका थिए । त्यसपछि उनीहरुले प्रहरी चौकी सन्हैठाको जिम्मा सुम्पिएका थिए ।

प्रहरीले पनि मोबाईल चोरी गरेको स्वीकार गराउन निर्घात कुटपिट गरेको छ । प्रहरी चौकी सन्हैठाका ईन्र्चाज संजय झाले लगायतका प्रहरीले गाली गर्दै कुटपिट गरेको रामले बताए । कुटपिटवाट उनको पिढ्यू, छाती, तिघ्रामा गम्भीर चोट लागेको छ ।

निर्घात कुटपिट गरेको दलित बालक रामलाई प्रहरीले सोमवार जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासत कक्षमा पनि राखेका थिए । तारेखमा हाजिर हुन भन्दै प्रहरीले उनको आमा कुशमा देवीको जिम्मा छाडेका छन् ।

नबालक भएपनि प्रहरीले हथकडी लगाएर ल्याएको र हिरासतमा राखेको उनले बताए । उनले भने, ‘पिढ्यू, तिघ्रा, छातीमा लट्ठी र थप्परले प्रहरी र केटाहरुले कुट्यो । जिल्ला प्रहरी कार्यालयमा आफूलाई हिरासतमा राखेपनि कुटपिट सन्हैठाका प्रहरीले गरेको बताए ।

यसैवीच प्रहरीले कुटपिटमा संलग्न रहेको भन्दै सिरहा नगरपालिका ९ ठेंगहीका रामएकवाल यादव, सिरहा नगरपालिका २२ हकपाडाका सिकिन्द्र यादव र मुकेश यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरेले प्रहरीले कुटपिट नगरेको दाबी गरेको छ । उनले भने,‘प्रहरी कुटपिट गरेको छैन् । कुटपिट गर्नेहरुलाई पक्राउ गरी अनुसंधान सुरु गरेको छु ।’

दलित बालक रामलाई प्रहरीले कुटपिट गरेको विषय लुकाउन पक्राउ गरेकामाथि अनुसंधान मोडिएको दलित अगुवाहरुको भनाई छ ।

प्रहरी र गैरदलित युवाको कुटाईवाट घाईते बालकको उपचार र घटनाका दोषीलाई कारबाहीको माग गरेका दलित एकता अधिकार मञ्चका अध्यक्ष सोभित पासमानले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Siraha

0 Comments