Incident Reports

बहुविवाहका आरोपितद्वय धरौटीमा रिहा l

2014-02-04

Province 1, Panchthar, Miklajung

Mangal Begha बहुविवाहको आरोपमा प्रहरी हिरासतमा रहेका सराङडाँडा गाविस-२ का २० वर्षीय सर्णकुमार राई र सोही गाविस-३ की २० वर्षीया बविता राई जिल्ला अदालतको आदेशमा ३० हजार रुपियाँका दरले धरौटी बुझाई माघ २१ गते रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले पेश गरेको रायमाथि भएको थुनछेक बहसपछि अदालतले सो आदेश गरेको हो । आरोपित सर्णकुमारकी पत्नी १९ वर्षीया शर्मिला लावती राईले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको आरोपमा पति विरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितद्वयलाई माघ १३ गते गिरफ्तार गरेको थियो । सर्णकुमारले शर्मिलासँग ०६९ जेठ ३० गते विवाह गरेका थिए । पत्नी हुँदाहुँदै आरोपितले पुस ५ गते विवाह गरी पीडित बनाएको शर्मिलाले पेश गरेको उजुरीमा उल्लेख छ

0 Comments

Related Reports
Related Trend Analysis