Incident Reports

गाउँलेद्वारा मदिरापसलेको आगोपानी बन्द गरी बहिष्कार

2020-04-15

Madhes, Parsa, Jirabhawani, Ward 2

कोरोना महामारीको समयमा घरेलु मदिरा बेचेको आरोपमा एक परिवारलाई समुदायले आगोपानी बन्द गरी गाउँबाट बहिष्कार गरेको छ।
    जीराभवानी गाउँपालिका–२ काठमाडौं टोलवासीले स्थानीय एक परिवारको आगोपानी बन्द गरेका छन्। चोकट गुरोको परिवारले घरेलु रक्सी बेचेको तथा पसलमैं रक्सीसेवन गर्न दिएको भन्दै बुधवार समुदायले आगोपानी बन्द गरेको थियो।
    गाउँभन्दा उत्तर तथा सब–डिभिजन वन कार्यालय वसन्तपुरको कार्यालयदेखि दक्षिण पीपलबोटमा पसल खोलेर खाजा तथा रक्सी बिक्री गरेर गुरो परिवारका ९ सदस्यले गुजारा गर्दै आएका छन्। बुधवार स्थानीय युवाहरूले उनको पसल तोडफोड गरी बन्द गराएका थिए। साथै गुरो परिवारका सदस्यसँग कुनै पनि परिवारले आगोपानी नचलाउने गरी सजाय दिएका थिए।
    गुरो परिवारसँग गाउँलेले कुराकानी गर्दा जनही रु ५ हजार जरिवाना गराउने निर्णय पनि गरिएको छ। सो पसलमा गाउँका मानिस तथा नजीकको वसन्तपुर, शान्तिनगर, पिपरालगायतका मानिसहरू रक्सीसेवन गर्दै आएका थिए।
    चोकट गुरोकी पत्नी रामपति देवीले आफ्नो पसलमा रक्सी खान नदिएर ग्राहकलाई रक्सी दिएर पठाउने गरेको बताइन्।
    उनले पसलबाटै ९ सदस्यको गुजारा चल्ने गरेकोले समाजले पनि आफ्नो पीडा बुझ्नुपर्ने दुःखेसो गरिन्। उनले सँगै रहेको अर्को मदिरापसलमा मदिरा बेच्न छुट दिने तर हामीमाथि भेदभाव गरेको गुनासो पनि गरिन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Banishment/shunning
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings n/a
Local Newspaper - Parsa

0 Comments

Related Reports