Incident Reports

प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

2020-04-14

Gandaki, Myagdi, Beni, Ward 1

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले वैशाख २ गते साँझ गिरफ्तार गरेको छ ।

केदारसिउ गाउँपालिका–४ बझाङ घर भएका कास्की जिल्ला पूर्व सेक्रेटरी ३३ वर्षीय लोकेन्द्र विश्वकर्मा र सिरानचोक गाउँपालिका–३ गोरखा घर भएका गोरखा जिल्ला सदस्य ४३ वर्षीय चिनकाजी विकलाई प्रहरीले बेनी नगरपालिका–१ रत्नेचौरबाट गिरफ्तार गरेको हो ।

बेनी–रत्नेचौर–बागलुङ सडकखण्डमा गस्तीमा रहेको प्रहरीले शङ्कास्पद व्यवहार गरेको देखि उनीहरूलाई खानतलासी गर्ने क्रममा प्रहरीमाथि हातपात गरेपछि  गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेकटर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

अनुसन्धानका क्रममा उनीहरू विप्लव कार्यकर्ता रहेको भनेर खुलेको इन्स्पेकटर शर्माले बताउनुभयो ।

गिरफ्तार भएका दुवै जनालाई अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट  वैशाख ३ गते ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर शर्माले बताउनुभयो । उनीहरूको स्वास्थ्य परीक्षण वैशाख २ गते राति बेनी अस्पतालमा गरिएको थियो ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments