Incident Reports

पत्नी हत्याको आरोपमा मुद्दा दर्ता l

2014-02-05

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokharel पत्नी हत्याको आरोपमा बरही बिरपुर गाविस-१ का २५ वर्षीय सन्तोष कुमार यादव विरुद्ध प्रहरीले जिल्ला अदालतमा माघ २० गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । पत्नी २१ वर्षीय रम्भादेवीको ०६९ असार ४ गते राति घाँटी थिचेर हत्या गरी फरार रहेका आरोपितलाई प्रहरीले ०७० पुस २२ गते राजविराजबाट गिरफ्तार गरेको थियो । मृतकका पिता बोरिया गाविस-८ का श्यामसुन्दर यादवले ०६९ असार २० गते जिल्ला प्रहरी कार्यालयमा मृतकका पति सन्तोष, ससुरा ५१ वर्षीय वीरेन्द्र यादव, सासू ४५ वर्षीया अरुहुलियादेवी यादव र नन्दहरू १९ वर्षीया रन्जुदेवी यादव र १७ वर्षीया मन्जुदेवी यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए । अन्य आरोपितहरू हालसम्म फरार रहेका छन् । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis