Incident Reports

विरोध प्रदर्शन भएपछि राहत वितरण स्थगित

2020-04-18

Madhes, Dhanusha, Janaknandani

६ वैशाख, जनकपुरधाम । विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै धनुषाको जनकनन्दनी गाउँपालिकामा लकडाउनको उल्लङ्घन गर्दै शनिबार विरोध प्रदर्शन भएको छ ।

गाउँपालिकाको वडा नम्बर-३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरिब, विपन्नलाई नदिएको भन्दै प्रदर्शन भएको हो ।

दर्जनौंको संख्यामा आएका स्थानीयले वडा कार्यालय घेराउ गर्नुका साथै वडा अध्यक्षसहितका जनप्रतिनिधिविरुद्व चर्काे नाराबाजी गरेका छन् ।

वडा कार्यालयले शनिबार राहत वितरण गर्न लाग्दा स्थानीयहरुले प्रदर्शन गरेका हुन् । स्थानीय अनिल पासवानले राहत पाउनको सूचीमा गरिबभन्दा धनीहरूको नाम राखेर वितरण गर्न थालेकाले आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए ।

वडा कार्यालयले दुई सय परिवारलाई शनिबार राहत वितरण गर्न लागेको थियो । त्यसक्रममा स्थानीयले प्रदर्शन गरेपछि राहत वितरण स्थगित गरिएको वडा अध्यक्ष बिसुनदेव साहले बताए । उनका अनुसार सबै दल मिलेर सहमतिको आधारमा सूची तयार गरेपनि विरोध भएको बताए ।

उनले विरोध भएपछि राहत वितरण स्थगित गरिएको बताए । वडा कार्यालयले प्रतिपरिवार १० किलो चामल, एक लिटर तेल, एक किलो नुन, एक किलो आलु र दाल एक किलो वितरण गर्न लागेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments