Incident Reports

अज्ञात समूहको गोली प्रहारबाट होटल व्यवसायीको मृत्यु l

2014-02-05

Province 1, Solukhumbu, Khumbupasanglahmu

Pasang Bamjan Tamang चौरीखर्क गाविस-५ निवासी होटल व्यवसायी ४५ वर्षीय ग्याल्जेन शेर्पाको माघ १९ गते राती अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । चौरीखर्क फक्दिङ स्थित स्टार होटल सञ्चालन गर्दै आएका उनी आफ्नै होटलमा बसिरहेको अवस्थामा राती ८ बजे अनुहारमा मास्क लगाएर तीन जना अपरिचित व्यक्ति होटल भित्र प्रवेश गरेको १० मिनेटपछि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी बद्रीविक्रम थापाले बताए । पीडितको लास होटलको डाइनिङ कोठा नजिकैको काउन्टरमा भेटिएको र लास नजिकै तीन ओटा खोका भेटिएको डिएसपी थापाले बताए । डिएसपी थापाका अनुसार मृतकको छाती र टाउकोमा गोली लागेको थियो । घटनामा संलग्न व्यक्तिहरू भाग्न सक्ने सम्भावित नाकाहरूमा र्इलाका प्रहरी कार्यालय नाम्चेबाट व्यापक प्रहरी परिचालन गरी तिव्र खोजी भईरहेकोमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट पनि थप टोली पठाउने डिएसपी थापाले बताए । घटना किन र कसरी भयो भन्नेबारे विस्तृत जानकारी आउन बाँकी रहेको पनि डिएसपी थापाले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis